
काठमाडौं । नेकपा एमालेको महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ । विद्युतीय मेसिनबाट मतदान गरेपछि अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले भोटिङ निकै सजिलो रहेको प्रतिक्रिया दिनुभयो ।
मतदान हलमा एक पटकमा ६९ जनाले एकै पटक मतदान गर्ने ब्यवस्था मिलाइएको छ भने एक जनालाई मतदान गर्न १० मिनेटसम्म समय लागेको बताइएको छ ।
एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् । मतदान सम्पन्न भएको तीन घण्टाभित्रै सबै मतपरिणाम आउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्