
म्याग्दी । म्याग्दीको घात्पामा गएराती बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका जाँदै गरेको जीप दुर्घटना हुँदा रघुगंगा गाउँपालिकाका ४० बर्षिय चालक दुधबहादुर थापा, सोहि गाउँपालिका–१ की वडा सदस्य ३० बर्षिया गौमाया विक, ३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय खिमनाथ शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार चालक थापासहित अर्का एक जनाको बेनी अस्पतालमा ल्याउँदा बाटोमा र दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जीपमा सवार अन्य चार जना गम्भीर घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा लगिएको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको पनि प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्