१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले महाधिवेशनः नेतृत्व चयनको मतदान जारी (फोटोफिचर)


0
Shares

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनौटका लागि अहिले मतदान भइरहेको छ । राति ९ बजेदेखि बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारित समयभन्दा सात घण्टापछि बिहान ४ बजेदेखि मात्रै मतदान सुरू भएको हो ।

अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र भीम रावलले सुरुमै मतदान गर्नुभएको छ । त्यस्तै विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका नेताले पति पहिलो लटमै भोट हाल्नुभएको छ । विद्युतीय मेसिनमार्फत जारी मतदान लगत्तै मतगणना हुने र त्यसको केही घण्टामै परिणाम सार्वजनिक हुने बुझिएको छ । प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको हो ।

मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व छानिन लागेको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३ सय १ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेश गर्नु भएको थियो । उहाँले पेस गरेको प्रस्तावमा कतिपय पदमा सर्वसम्मत भएको छ भने कतिपय पदमा निर्वाचन हुने भएको छ ।

ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन् । केहीमा भने ओलीले प्रस्ताव गरेकाहरू सर्वसम्मत चुनिएका छन् । ओली आफैं चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नु पर्ने भएको छ । उपाध्यक्षमा पनि चुनाव हुने भएको छ । उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जनालाई चुनौती दिँदै घनश्याम भुसालले उम्मेदवारी दिनु भएको छ । सात जना सचिव पनि मतदानबाट टुंग्याउनु पर्ने भएको छ । ७ जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ । भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिनु भएको छ । ईमेजकर्मी खिलनाथ ताजपुरियाकाे लेस्समा कैद गरिएका तस्वीरहरु :