
काठमाडौं । होन्डुरसमा सिमोरा क्यास्ट्रो पहिलो महिला राष्टपति बन्ने हुनुभएको छ ।
हालै सम्पन्न राष्ट्रपतिय निर्वाचनमा विपक्षी दलकी नेतृ क्यास्ट्रोले ५३ प्रतिशत मत प्राप्त गर्नुभएको छ । निकटम प्रतिद्वन्दी सत्तारुढ नेसनल पार्टीका उम्मेदवार नसरया अासफुर भन्दा २० प्रतिशत मतले अघि रहनु भएकी क्यास्ट्रो राष्ट्रपति बन्ने निश्चित भएको त्यहाँको निर्वाचन अायोगले जनाएको छ ।
योसंगै होण्डुरसमा विपक्षी दल १२ वर्षपछि सत्तामा फर्कने भएको छ । सिमोराका श्रीमानलाई सेनाले १२ वर्षअघि सैन्य कु मार्फत हटाएको थियो । क्यास्ट्रोका समर्थकहरुले खुसियाली मनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्