२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेको दशौं केन्द्रीय कमिटीको सपथ र पहिलो बैठक सौराहमै हुने


0
Shares

काठमाडौं । नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण चितवनको सौराहामै हुने भएको छ ।

दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथग्रहण सौराहमै हुने एमालेले जनाएको छ । एमाले महाधिवेशनमा दुई हजार १ सय ५३ जना प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।