
धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्र्तगत धनकुटा जिल्ला सभापतिमा दिनेश राई निर्वाचित हुनु भएको छ ।
आज विहान सम्पन्न मत परिणम अनुसार राईले कुल ५०४ मत ल्यायी बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी कमोट फागोले ४७० मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै, उपाध्यक्षमा सुनिल डंगोल र निर्मलप्रसाद ओझा बिजयी हुनु भएको छ । सचिवमा विजयसन्तोषी राई र जयन्द्र घिसिङ्ग विजयी हुनु भएको छ । सहसचिवमा रोशन श्रेष्ठ र गिरिजाप्रसाद दाहाल निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा विजयी निर्मल ओझा बाहेक अन्य विजयी पाटी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्