२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस सोलुखुम्बु सभापतिमा शेर्पा निर्वाचित


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्दै नाम्गेल जाङ्बु शेर्पा निर्वाचित हुनु भएको छ ।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट शेर्पा ५१३ मत पाएर सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी बस्नेतले ३७१ मत ल्याउनुभएको छ ।

शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो ।

सभापतिमा निर्वाचित शेर्पा सोलुदूधकुण्ड नगरपालिकाका मेयर पनि हुनुहुन्छ ।

पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो ।