१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


किसानको समस्या समाधान गर्न सरकारसँग सिके राउतको माग


0
Shares

काठमाडौं । जनमत पार्टीले देशभरिका किसानहरुले भोगिरहेको सिँचाई र मलखादको अभावको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

सो पार्टीका अध्यक्ष सिके राउतले आज एक विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

विज्ञप्तीमा आफ्नो परिवार र बालबच्चाको जीवन धान्न खेती नगरी नहुने अवस्थामा रहेका किसानहरु नेपाल सरकारले सिँचाई र मलखादको उपयुक्त व्यवस्था नगरी दिँदा मारमा मात्रै पर्दै आएका उल्लेख छ । त्यसैगरी विज्ञप्तिमा किसानहरुको पूरै परिवारको जीवन नै संकट र भोकमरीले ग्रस्त हुने अवस्थामा रहेको जनाइएको छ ।

सरकारको किसानमाथि दमन नरोकिए र वैकल्पिक सहज व्यवस्था नगरीकन उनीहरुको सिँचाई मोटर र मलखाद खोस्ने कार्य गरे आफुहरु आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।