१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाग्लुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते


0
Shares

काठमाडौं । बाग्लुङको काठेखोला गाउँपालिका १ खहरेमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहुँबाट सदमुकामतर्फ जाँदै गरेको बा १८ च ५६७७ नम्बरको पिकअप जीप अनियन्त्रित भएर दुर्घटना हुँदा जिपमा सवार बाग्लुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारको लागि धौलागिरी अस्पताल पठाइएको छ । जीप सडकबाट करिब ८ मीटर तल खसेको थियो ।

दुर्घटनामा संलग्न जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।