१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सीपी मैनालीमाथि प्रचण्डको व्यङ्ग्य– ‘राप्रपाको अध्यक्ष हुने तयारीमा हुनुहुँदो रहेछ’

राप्रपा र माओवादी केन्द्रको गोत्र मिल्ने अध्यक्ष प्रचण्डको भनाइ

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीपी मैनाली राप्रपाको अध्यक्ष बन्ने दौडमा लागेको व्यङ्ग्य गर्नुभएको छ ।

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा अध्यक्ष दाहालले मैनालीले राजा महेन्द्रको प्रशंसा र राष्ट्रवादको चर्चा गरेकोप्रति इंकित गर्दै राप्रपाको अध्यक्षको दौडमा लागेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

‘राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो, अहिले बोल्दा महान राजा भन्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ क्यारे ।’

आफूहरुको मत नमिल्ने भन्दै अध्यक्ष दाहालले आफू गणतन्त्रवादी भएको जिकिर गर्नुभयो ।

साथै उहाँले राप्रपा र एकीकृत माओवादीको गोत्र मिल्ने बताउनुभयो । गणतन्त्रवादी र राजावादीको मुख्य विचार नमिले पनि देशको हितको लागि भने आफूहरुको कुरा मिल्नेगरेको जिकिर गर्नुभयो ।

आफ्नो विचार र राजनीतिमा फरक मत हुँदाहुँदै पनि संविधानसभाबाट संविधान बनाउन मद्दत गरेकोमा धन्यवाद दिनुभयो ।

इतिहासप्रति गौरव गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले वर्तमानलाई विर्सनुनहुने बताउनुभयो । विचारमा मतभिन्नता हुनु स्वभाविक भएको उल्लेद गर्दै उहाँले बहस र विवादको बीचबाट समाजले गति लिने तर्क गर्नुभयो ।