
मालती घोरासैनी
काठमाडौं । नेपालको व्यावसायिक पत्रकारिता इतिहासमा विशिष्ट स्थान बनाउन सफल कामना प्रकाशन समूह ३८ औं वर्षमा प्रवेश गरेको छ । चलचित्र तथा कलासम्बन्धी मासिक पत्रिकाबाट सुरु भएको यसले दैनिक पत्रिकासंगै डिजिटलसम्मको यात्रा तय गरेको छ ।
चलचित्र तथा कलासम्बन्धी मासिक पत्रिका कामनाबाट सुरु भएको यस प्रकाशन गृहको यात्रा स्वास्थ्य र सौन्दर्य विधाको अर्को मासिक पत्रिका साधना, सन्ध्याकालीन दैनिक महानगर, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र अनलाइन न्यूज पोर्टल न्यूज अफ नेपाल डटकम हुँदै अघि बढेको छ ।
‘प्रिन्ट फर क्रेडिबिलिटी, टेलिभिजन फर भिजिबिलिटी र अनलाइन फर भाइरालिटी’ भन्ने विश्वव्यापी पछिल्लो मान्यता आत्मसात गर्दै आगामी दिनमा भिडियोका कन्टेन्टलाई बढी प्राथमिकतामा दिइने प्रकाशनका प्रबन्ध सम्पादक एवं प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ बताउनुहुन्छ ।
डिजिटल मिडियाप्रतिको आकर्षणलाई ख्याल गर्दै न्यूज अफ नेपाल डट कमले यसै वर्षदेखि भिडियो सामग्री थप्ने योजना बनाएको छ । प्रकाशन–प्रसारण गृहहरूबीचको सहकार्यलाई संस्थाले प्राथमिकता दिएको जनाइएको छ ।
कामना समूहका संस्थापक पुष्करलाल श्रेष्ठको नेपाली मिडिया बलियो भए नेपालको लोकतान्त्रिक व्यवस्था सबल हुने मान्यतालाई प्रकाशनले आफ्नो पदचाप बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्