
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताउनु भएको छ ।
राप्रपाको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हुने उल्लेख बताउनुभयो । मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त हुँदा महाधिवेशन मेलाजस्तो भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू पनि राप्रपा जस्तै राष्ट्रवादी भएको बताउँदै आफ्नो र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गर्नुभयो ।
राप्रपा र आफ्नो पार्टीको मत भने नमिले पनि राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको उहाँको भनाइ थियो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राप्रपालाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न सुझाव दिनुभयो ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दामा हातेमालो गर्न एमाले तयार रहेको बताउनु भयो । विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न सहकार्यको विकल्प नरहेको उहाँको भनाइ थियो ।
नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाललाई भुटान बन्नबाट रोक्न पृथ्वीनारायण शाहपछि राजा महेन्द्रको योगदान रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्