२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीमा आगलागी, ५ करोडको क्षति


0
Shares

सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीको रातमाटामा गएराति आगलागि हुँदा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । शाह स्टोरमा बिद्युत सर्ट हुँदा आगलागि भएको थियो । आगलागीबाट २० वटा गोदाममा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानिय वासिन्दा, सुरक्षा निकाय र तीनवटा बारुण यन्त्र परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो । सदरमुकाममा एउटा मात्र वारुण यन्त्र हुँदा तत्काल आगो निभाउन नसकिएकाले क्षति बढी भएको बताइएको छ ।

जिल्लाकै दुधौली र रामेछापबाट बारुण यन्त्र मगाएर आगो नियन्त्रण गर्दा ५ घण्टा लागेको थियो ।