१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिभिल सहकारीपीडितद्वारा न्यायको माग गर्दै प्रदर्शन, सरकारसँग मागे गुहार


0
Shares

काठमाडौं । सिभिल सहकारी ठगीमा परेका निक्षेपकर्ताहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

सहकारीको ठगीमा परेको निक्षेपकर्ताहरूले आफ्नो लगानी डुबेको भन्दै काठमाडौंको माइतीघरबाट सरकारसँग हारगुहार गरेका हुन् । विरोध कार्यक्रममा अधिकांश ज्येष्ठ नागरिक सहभागी भएका छन् ।

सरकारले स्वीकृति दिएर खोलेको संस्थाबाट ठगी हुँदा प्रशासनले अफूहरूको रकम फिर्ताका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।

सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई करिव २२ सय जनाको निक्षेप रकम फिर्ता नदिएको उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

गत असोज १८ गते तामाङसहित १२ जनालाई केन्द्रीय अनुसन्धान व्यरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।