
मंसिर । गण्डकी प्रदेश सरकारले कोभिड–१९ विरुद्धको अभियानमा दरबन्दी सिर्जना गरेका स्वास्थ्यकर्मीको संख्या घटाएको छ ।
मन्त्रिपरिषद्को मंसिर ८ गते बसेको बैठकले कोभिड–१९ रोकथाम नियन्त्रण तथा उपचारका लागि स्वीकृत ४ सय ४४ अस्थायी दरबन्दीलाई घटाएर ३ सय ५० जना बनाएको हो ।
सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले कात्तिक ३० गतेसम्म म्याद थपिएका कर्मचारीहरूलाई कोभिड कोषबाटै तलब खुवाउने तथा पुनः नियुक्त गर्दा पनि सोही व्यवस्था लागू हुने जानकारी दिनुभयो ।
सरकारले कोभिडको संक्रमण मत्थर भएकाले स्वास्थ्यकर्मी घटाइएको तर्क गरेको छ । पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले विश्व हल्लाइरहेको तथ्यप्रति भने सरकारले ध्यान दिएको छैन ।
मन्त्रिपरिषद्ले शिक्षा तालिम केन्द्र तनहुँबाट सञ्चालन हुने तालिम कार्यक्रमको खर्चको स्वीकृत गर्दे अनलाइन भुक्तानीको व्यवस्था गरेको छ । अध्ययन र अनुसन्धान कार्यक्रमसमेत समावेश गर्दा बजेट थपिएको पनि मन्त्री खड्काले बताउनुभयो ।
यसैगरी प्रदेश खेलकुद परिषद् गण्डकीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (अस्थायी ओएनम) स्वीकृत गर्दै १६ जना कर्मचारी राख्ने र गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्