१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यायघर नै जोखिममा


0
Shares

बागलुङ । उच्च अदालत पोखरा बागलुङ इजलासले अझै रातो स्टीकर टाँसेको भवनबाट न्याय सेवा दिइरहेको छ ।

काठ र इँटाबाट बनेको उच्च अदालतको भवन २०७२ सालको भूकम्पका कारण चर्किए पनि अदालतले न्याय सम्पादनको विकल्प नपाउँदा जोखिमयुक्त भवनबाट न्याय सेवा दिइरहेको हो ।

अहिले अदालतको प्राङ्गणमा इजलास निर्माण गरेको छ भने अन्य सेवा जीर्ण भवनबाटै दिइरहेको छ । सरकारले उच्च अदालतको भवन पुनःनिर्माणका लागि यो आर्थिक वर्षमा बहुवर्षे योजनामा समावेश गरेको छ ।

भूकम्पले चर्किएको उच्च अदालतको भवन बनाउन ढिलो गरी निर्माणको प्रक्रियामा पुगेको भए पनि अदालतलाई कहाँ सार्ने भन्ने विषयमा समस्या भएको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार नेत्र प्रसाद भूषालले जानकारी दिनुभयो ।

नयाँ भवन बनाउन बहुवर्षे योजनाअन्तरर्गत चार करोड रुपैयाँ विनियोजन भइसकेको छ । तर, भवन निर्माण नहुन्जेल अदालतले कहाँबाट सेवा दिने भन्ने अन्योल रहेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश द्वारिकामान जोशीले बताउनुभयो ।

अत्याधुनिक नयाँ भवन ६ वटा इजलाससहितको हुने बताइएको छ ।