
काठमाडौं । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघका (नेबिसंघ)का अध्यक्ष राजीव ढुंगानाले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ढुंगानाले मुल पार्टीभित्र प्रवेश गरेर मात्रै पार्टीभित्र मौलाएका केही असहज गतिविधिलाई नियन्त्रण गर्न सकिने भन्दै उम्मेदवारी बन्ने निर्णय गरेको बताउनुभयो ।
पार्टी भित्र बढ्दै गएको अनुशासनविहीन गतिविधिलाई नियन्त्रण गर्न र पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्ने विषय आफ्नो मुख्य एजेण्डा भएको पनि ढुंगानाले बताउनुभयो ।
नेपाल विद्यार्थी संघलाई चुस्त दुरुस्त रूपमा अघि बढाउन र अधिवेशन गर्नका लागि कोरोनाका कारण असमर्थ रहेको पनि ढुंगानाको दावी छ ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्