
काठमाडौं । यही डिसेम्बर ४ मा काठमाडौंको ठमेल स्थित छाँया सेन्टरमा जी.ई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आइएसएस साउन्डले सांगितिक कार्यक्रम आयोजना गर्ने भएका छन् ।
कोरोना महामारीपछि मौन रहेको उद्योगलाई यस सांगितिक कार्यक्रमले बढावा दिने विश्वास गरिएको छ। कार्यक्रमको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछ ।
त्यसैगरी अन्य कलाकारहरुमा आकाश खड्का, ओएसिस थापा, अंकित वैद्य,प्रवेश कुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ र सितुसित रहेका छन् । नेपाली संगीत प्रेमिमाझ चर्चित बेक्चाले पनि यहि कार्यक्रमबाट पहिलो पटक आफ्ना श्रोता सामु आउँदैछन्।
कार्यक्रको प्रवेश शुल्क ५ सय रुपैयाँ राखिएको छ । प्रवेश शुल्क विषेशगरी आइएमइ एपबाट तिर्न सकिने छ । कार्यक्रममा आफ्ना उत्पादनहरु प्रदर्शन र बिक्री गर्न स्टलहरु पनि राखिनेछन् । कार्यक्रममा बिहान साँढे ११ बजेदेखि प्रवेश गर्न सकिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्