
काठमाडौं, माघ ८ । रियलमी स्मार्टफोनको नयाँ सेरिज क्वाड क्यामेरा फोन ‘रियलमी फाइभ आई’ नेपाली बजारमा भित्रिएको छ ।
कम्पनीले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी यी मोबाइल फोनको बजार प्रवेश गराएको हो ।
रियलमी फाइभ आइमा ५०० एमएच ब्याट्रीका कारण ३० दिनसम्म स्ट्यान्डबाई क्षमताको उच्च ब्याट्री लाइफ रहेको कम्पनीको दाबी छ ।
यसमा क्लिनर र सिम्पल्र युआईजस्ता विशेषता पनि रहेका छन् ।
अत्याधुनिक विशेषतासहित उच्च प्रविधि जडान भएका यी मोबाइल फोन अन्य मोबाइल फोनभन्दा सस्तो र गुणस्तरीय रहेको कम्पनीका बजार प्रमुख धीरेन्द्र कुशवाहाको दाबी छ ।
४ जीबी र्याम भएको ६४ जीबी क्षमताका यी सेटको बजार मूल्य २० हजार ९०० कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्