१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी


0
Shares

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आज नै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेकाे बाेर्डले जनाएकाे हाे ।

नतिजा सार्वजनिक गर्नेलगायत विषयमा छलफल गर्नका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। बाेर्डकाअनुसार नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भइसकेकाे छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।