१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रम सम्झौता पुनरावलोक गर्न नेपाल र कतारबीच सहमति


0
Shares

काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

नेपाल–कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका विषयमा सहमति भएको हो ।

काठमाडौंमा जारी नेपाल र कतारका सरकारी अधिकारीबीच भएको छलफलमा हाल श्रम सम्झौतामा नभएको विषयमा अध्ययन गर्न थप सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्किएका नेपालीको आर्थिक सामाजिक पुनः एकीकरणका लागि नेपालले गर्ने प्रस्ताव अनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ ।

साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्ने, नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि सहमति जनाएको छ ।

घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि उक्त विषयमा निर्णय गर्न दुई पक्षीय संयुक्त समिति गंठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति भएको छ ।

श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए  ।