१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लिम्बु समुदायको मुन्धुम जोगाउनै मुस्किल

अलिखित धर्मशास्त्रको बुझाइलाई एकरुपता दिने प्रयास

221
Shares

प्रकाश लिम्बु
तेह्रथुम । पूर्वी लिम्बुवानमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति तथा मुन्धुम (धर्मशास्त्र) रहेको छ । तर, पछिल्लो समय मुन्धुम विस्तारै लोप हुँदै गएको छ ।

किराँत थाक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितले तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेमा दोश्रो राष्ट्रिय मुन्धुम गोष्ठीको आयोजना गरी मुन्धुम संरक्षणमा चासो देखाएको छ ।

नयाँ पुस्ताले चासो नदेखाएका कारण मुन्धुम लोप हुँदै गएको अग्रजहरु बताउँछन् । मुन्धुमलाई लोप हुनबाट जोगाउनका लागि चुम्लुङले मुन्धुमसम्बन्धी व्याख्या र विश्लेषण गर्दै आएको किराँत याक्थुङका केन्द्रीय अध्यक्ष योगराज वानेम बताउनुहुन्छ ।

मुन्धुम अलिखित भएका कारण खिइँदै गएको र विभिन्न ठाउँमा मुन्धुमलाई फरक–फरक बुझ्न थालिएकोप्रति खोजकर्ताको गुनासो छ । एकताको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको कलाकार तथा मुन्धुम खोजकर्ता यासेली योङहाङको भनाइ छ ।

१० वटा वडाहरूमा दश वटा यक (गडी) बनाएर छलफल र बहस भएको थियो । मुन्धुम संरक्षण गर्ने हो भने जसको सवाल उस्को अगुवाइको हिसाबले अगाडी बढ्न आवश्यक रहेको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला बताउनुहुन्छ ।

मुन्धुम संरक्षणका लागि लिम्बुका अन्य संस्थाहरूले पनि चासो देखाउँदै पुस्ता हस्तान्तरण हुनुपर्छ ।