
श्रीराम अर्जुन
हेटौँडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको मतदान आज हुदैंछ । विहान ९ बजे देखी हुने भनीएको मतदान कार्य प्राविधिक कारण देखाउदैं समय हेरफेर गरेको छ ।
कुन समयमा मतदान सुरु गर्ने भन्नेमा नै निर्वाचन समिति अन्योलमा रहेका छन् । मुलगेटमा मतदाताको भीड लागेको छ । पुर्वपश्चिम राजमार्गसँग मुलगेट जोडिएकोले सवारी साधन आवतजावतमा समस्या देखिन्छ।
विभिन्न जिल्लाबाट आएका प्रतिनिधले मतदान कार्ड बनाउन बाडी रहेका छन् । उनीहरु भित्र जान नपाएको गुनासो समेत गरिरहेका छन् । विहानको खाजा समयमाभित्र खाजाको स्टल खुला गरेता पनि खाजा खानको लागि भित्र प्रवेशमा रोक लगाइएको गुनासो एक प्रतिनिधिले गरे।
गेटमा सभापतिका उम्मेदवार बानियाँ र केसीको प्यानललाई जाताऔं भन्दै नारा लगाइएको छ । आफ्नो आफ्नो पक्षको भोट माग्दै प्रतिनिधि तथा कार्यकर्ताले सडक अवरुद्ध गर्दै भोट मागिरहेका छन् ।
ट्राफिक प्रहरीलाई सवारी आवतजावत मिलाउन हम्मेहम्मे परिरहेको रहेको छ । मतदान स्थलमा सयौं संख्यामा प्रहरी खटाई सुरक्षा व्यवस्था कडा पारिएकाे छ । तर प्रतिनिधि र कार्यकर्ताको मुलखेटमै भीड लागेकाे छ । केही प्रतिनिधिले निर्वाचन समितिको कार्यप्रति आपत्ति जनाएका छन् भने केहीले कमजोर व्यवस्थापनको कारण समयमा नै मतदान गराउन नसकेको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्