१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस प्रदेश १ मा घिमिरे र थापाबीच कडा प्रतिस्पर्धा


0
Shares

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

घिमिरे र थापाले सभापतिमा मनोनयन दर्ता गरिसकेका छन् । प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने भएका हुन् ।

संस्थापन पक्षबाट प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सारिएको छ । नेता कृष्णप्रसाद सिटौला निकट नेता थापा नै देउवा–सिटौला प्यानलको उम्मेदवार बनेका हुन् ।

यस्तै प्रदेशको २ जना उप–सभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् भने २ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गाले उम्मेदवारी दिएका छन् ।

सह–महामन्त्रीको महिला २ जना र खुल्ला २ जनामा प्रमिला गच्छदार, मान बहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दीरा थापाले उम्मेदवारी दिएका छन् ।