६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भिमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान


0
Shares

काठमाडौं । ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।

भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले आज एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो ।

‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएको सो मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याइएको सो मन्दिरमा झिंगटीको छानो छाउने काम सुरु गरिएको छ ।

कार्यक्रममा सहभागी ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको बताउनुभयो ।

यो मन्दिर पुनर्निर्माणका लागि ४ करोड १३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।