१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीताले हङकङमा हुने टी–ट्वान्टी प्रतियोगिता खेल्ने


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।

राजधानीमा शनिबार सिताले एक कार्यक्रमको आयोजना गरेर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने जानकारी गराएकी हुन् ।

सीताले खेल्न लागेको फेयर ब्रेक इन्भिटेस्नल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता प्राप्त महिला ट्वान्टी–२० प्रतियोगिता हो ।

यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी भएकी छिन् । सीताले सहभागिता जनाउन लागेको प्रतियोगिता आउँदो वर्षको मे १ देखि १५ तारिखसम्म हङकङमा हुँदैछ ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । भारतीय र पाकिस्तानी चर्चित खेलाडीले समेत सहभािगता जनाउने प्रतियोगितामा सीताले खेल्ने टोलीको टुङ्गो लागेको छैन । सीतालाई अन्तर्राष्ट्रिय खेलको अवसर दिलाउन क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा.लिले समन्वय गरेको छ ।