२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसको सुदूरपश्चिम सभापतिमा संस्थापन पक्षका बलायर निर्वाचित


0
Shares

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित हुनु भएको छ । बलायरले संस्थापन इतर पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरी निर्वाचित हुनु भएको हो ।

बलायरले ६ सय ८८ मत प्राप्त गर्नु भएको थियो । यस्तै, मिश्रले २ सय ८० मत मात्र पाउनु भएको थियो ।

कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए ।

पदाधिकारीमा पनि उहाँकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी हुनु भएका छन् ।