२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी


0
Shares

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी हुनु भएको छ । गए राती भएको मत गणनामा थापा उहाँको प्रतिद्वन्द्वी गुरु घिमिर दुईमतले पराजित हुनु भएको छ ।

थापाले ८४४ प्राप्त गर्नु भएको छ भने घिमिरेले ८४२ मत प्राप्त गर्नु भएको छ । थापा देउवा पक्षका हुनुहुन्छ । देउवा पक्षका बहुसंख्यक उमेदवारहरुले जित हासिल गरेका छन । महामन्त्रीमा भने पौडेल–कोइराला समूहका उमेश थापा विजयी हुनु भएको छ ।

उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी ८९१ र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी भएका छन् । संस्थापन इतरका गोबिन्द प्रसाद ढुंगाना (केदार ) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन ) ले ६६९ मत प्राप्त गरे । महामन्त्रीमा संस्थापनका भुपेन्द्र राईले ८२४ र संस्थापन इतरका उमेश थापाले ८२३ मत ल्याएर विजयी भएका छन् ।

यसैगरी दीपन कुमार श्रेष्ठले ७६४ र पदम सुन्दर पालुङ्गवा ८०७ मत प्राप्त गरेका छन् । सह–महामन्त्री महिलामा संस्थापनकै प्रमिला गछदार ८३७ मत ल्याएर विजयी हुनु भएको छ । भने उहाँको प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत प्राप्त गर्नुभयो ।

सह–महामन्त्रीमा संस्थापनका खड्ग फागो १०२६ र बिनोद कुमार बस्नेत ७४७ मत ल्याएर विजयी भएका छन् । संस्थापन इतरका रोहित कुमार शाह ६६५, विरकाजी राई ६४७ र शुभचन्द्र राई ८४ मत पाप्त गरेका छन् । जम्मा १७५२ खसेको थियो ।