१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नियमावली अन्तिम चरण पुग्यो : सदस्यसचिव घिसिङ


0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले जारी भएको नयाँ ऐनमा बन्नुपर्ने नियमावली अन्तिम चरण पुगेको बताउनुभएको छ ।

सोमबार नेपाल ओलम्पिक कमिटीले गरेको स्वागत कार्यक्रममा सदस्य सचिव घिसिङले नयाँ बनेको ऐनमा बन्नुपर्ने नियमावली करिब–करिब अन्तिम चरणमा पुगेको भन्दै छिट्टै मन्त्रिपरिषद्मा टेबल हुने बताउनुभयो ।

यस्तै, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ सदस्य सचिवको कार्यकालमा नयाँ ऐनले पूर्णता पाउने बताउनुभयो ।

सपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रिय खेलाडीको विमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताउनुभएका सदस्य सचिव घिसिङले नजिकिँदै गरेको एसियन गेम्सको तयारीलाई पनि जोड दिन ओलम्पिक कमिटीलाई आग्रह गर्नुभयो ।