१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाले ओलम्पिक बहिष्कार गर्ने


0
Shares

काठमाडौं । चीनमा आगामी फेब्रुअरीमा हुन लागेको शीतकालीन ओलम्पिकमा अमेरिकाले कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीनले सिंजियाङ प्रान्त र अन्य राज्यहरुमा मानवअधिकार उल्लंघन गरेको भन्दै ओलम्पिक खेलमा आफ्ना कुटनीतिज्ञलाई सहभागी नगराउने निर्णय अमेरिकाले गरेको हो ।

अमेरिकी खेलाडीहरुले भने शितकालिन ओलम्पिकमा भाग लिनेछन् । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले चीनको ब्यबहारका कारण आफना देशबाट कुनै पनि कुटनीतिक अधिकारी ओलम्पिकमा सहभागी हुन बेइजिङ नजाने जानकारी दिनुभयो ।

यसैबीच, चीनका बिदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले आफुहरुको निमन्त्रणा बिना अमेरिकाले गरेको यो निर्णयलाई बेतुकको संज्ञा भनेका छन् ।