
काठमाडौं । आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि बस्दै छ ।
सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । तर, कसैलाई साझा उम्मेदवार बनाउने भन्ने सहमति भै नसकेकाले आज पुनः बैठक बस्न लागेको हो ।
आज दिउँसो १ बजे पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेको हो ।
दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो ।
सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी छन् ।
प्रतिक्रिया दिनुहोस्