
काठमाडौं, माघ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना–प्रविधिको प्रयोग गरेर उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति तथा लक्ष्य रहेको बताएका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को प्रतिनिधिमन्डलसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले तीव्रगतिको विकास र उच्चस्तरको वृद्धि हासिल गर्नका लागि सूचना–प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए ।
हाम्रो सोच सकारात्मक र दूरगामी हुनुपर्छ र त्यसलाई हासिल गर्नका लागि सूचना–प्रविधि तथा नवप्रवर्द्धनको विकासमा पर्याप्त ध्यान दिनुपर्छ भन्दै उनले ‘डिजिटल नेपाल फ्रेमवर्क’ त्यसैका लागि ल्याइएको पनि बताए ।
महासंघका अध्यक्ष नवराज कुँवरले रचनात्मक र सुधारोन्मुख प्रविधि विकास एवं ‘आर्टिफिसियल इन्टेलिजेन्स’जस्ता प्रविधिमा सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्