
काठमाडौं । नेपाल बार एशोशियएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्मेर जबराले आफ्नो परिवारभित्रै विचौलिया पालेको बताउनुभएको छ ।
मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रधानन्यायधीशविरुद्ध महाभियोग लगाउने प्रक्रियामा साथ दिन आग्रह गर्दै प्रधानन्यायधीशले परिवारभित्रै विचौलिया पालेको बताउनुभयो ।
काठमाडौंमा भएको एक कार्यक्रममा बारका अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश राणाले परिवारभित्रै र विचौलिया पालेको र सर्वोच्चका विचौलिया हावी हुन दिएको बताउनुभयो । प्रधानन्यायधीश राणालाई उहाँले विचौलियाको नाइकेको संज्ञासमेत दिनुभएको छ ।
प्रधानन्यायधीशले कार्यपालिकासँग भाग माग्नु सबैभन्दा ठूलो भूल भएको र हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन नगर्नु अराजकताको पराकाष्ठा भएको उल्लेख गर्नुभयो । राणाले आफ्नो शपथ विपरीतका असंवैधानिक क्रियाकलाप गरेको उहाँको आरोप छ ।
आफूहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १७ वटा कारणहरु उल्लेख गरिए पनि त्यसको एउटा बुँदा पनि खण्डन नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । साथै उहाँले रञ्जन कोइरालको फैसलाको प्रतिरक्षा गरेको सन्दर्भ पनि महाभियोग लगाउनसक्ने आधार रहेको बताउनुभयो ।
कानुनी, संवैधानिक र नैतिकताको आधारमा समेत पदमा रहन अनुचित भइसकेको अवस्थामा प्रधानन्यायाधीशले लिसो टासिएझैँ टासिएको आरोप लगाउनुभयो । दलहरूबाट प्रधानन्यायाधीशलाई साथ रहेको अवस्थामा दलहरुले संवैधानिक प्रक्रियाबाट निकाल्नका लागि अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्