
काठमाडौं । प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले मंगलबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।
नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सुसञ्चालन हुन नसकेको बताउनुभयो ।
उहाँले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरूलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप समेत लगाउनुभयो । अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गर्नुभयो ।
नेपाल बार एशोसिएशनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गत कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्