१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीशको राजीनामा न्यायिक सुधारको प्रस्थानविन्दु होइन, अन्त्य हो : अध्यक्ष ओली

‘मलाई कसैको विरोध गर्नु पनि छैन, कसैको समर्थन गर्नु पनि छैन’

0
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले न्यायालय स्वतन्त्र भए पनि निष्पक्ष नभएको टिप्पणी गर्नुभएको छ ।

नेपाल बार एशोसियसनका पदाधिकारीसँगको भेटमा अध्यक्ष ओलीले नेपालमा न्यायिक स्वच्छता भए पनि निश्पक्षता नभएको बताउनुभयो ।

बारका पदाधिकारीहरूले प्रधानान्यायाधीशलाई राजीनामा लगाउन सहयोगको माग गर्दै ओली निवास बालकोट पुगेकाहरूलाई उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा न्यायिक सुधारको प्रस्थान विन्दु नभएको बताउनुभयो ।

‘प्रधानन्यायाधीशको राजीनामा न्यायिक सुधारको प्रस्थान विन्दु होइन, अन्त्य हो,’ उहाँले भन्नुभयो, ‘प्रधानन्यायधीशको राजीनामा गर्नेबित्तिकै न्यायपालिका सुधारको अभियान नै सकिन्छ, सुरुवात त्यो होइन ।’

प्रधानन्यायाधीशको राजीनामाले मात्र न्यायिक सुधार नहुने बताउनुभयो । उहाँले न्यायालयलाई स्वतन्त्र, निश्पक्ष र न्यायिक मर्यादाभित्र ल्याउन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले न्यायालयमाथि प्रश्न उठाउन नपाइने भए पनि अहिलेको अवस्थामा न्यायालयको न्याय प्रणालीमाथि नै प्रश्न उठेको बताउनुभयो । उहाँले आफूले कसैको समर्थन र विरोधमा नबोल्ने स्पट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई कसैको विरोध गर्नु पनि छैन, कसैको समर्थन गर्नु पनि छैन ।’

अध्यक्ष ओलीले संविधानभन्दा बाहिर गएर आफूलाई प्रधानमन्त्री पदबाट बाहिर ल्याइएकोमा गुनासोसमेत गर्नुभयो ।

न्यायाधीश, प्रधानन्यायाधीश र अधिवक्ताहरू सबै सच्चिनुपर्ने जोड दिँदै उहाँले आफूलाई प्रधानमन्त्रीबाट हटाउने फैसला पहिले नै ड्राफ्ट तयार भएको आरोप लगाउनुभयो ।