
काठमाण्डौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । सोही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने पनि आयोगले जनाएको छ ।
यस्तै, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगको छ ।
त्यसैगरी, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
निर्वाचनका लागि मतदाताको नामावली प्रकाशन भने पुस १७ गतेबाटै सुरु हुनेछ । नामावलीमा कुनै त्रुटी भए सच्याउनका लागि पुस १८ र १९ गते तोकिएको छ ।
राष्ट्रिय सभामा २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । यसमा प्रदेससभा सदस्य र स्थानीय तहका प्रमुख तथा उप प्रमुखले मतदान गर्नेछन् ।
राष्ट्रिय सभाका फागुनमा पदावधि सकिने २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्