१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनेमसं समाजवादीले भन्यो, ‘महिलामाथिको हिंसा र हेर्ने दृष्टिकोण अझै बदलिएको छैन’


0
Shares

काठमाडौं । अखिल नेपाल महिला संघ समाजवादीले महिलामाथिको हिंसा र हेर्ने दृष्टिकोण अझै पनि नबदलिएको जनाएको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा भएको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको संघले हिंसाविरुद्धको आन्दोलनमा सहभागी हुन सबैमा अपिलसमेत गरेको छ ।

कार्यक्रममा अनेमसंघका अध्यक्ष जयन्ती राईले हिंसा रोक्न हरेक व्यक्ति लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘अहिले पार्टीको संगठनले मात्रै कार्यक्रम गरेको छ, अब हामी सरकारमा गएको गठबन्धन सबै मिलेर कार्यक्रम गर्छौ,’ उहाँले भन्नुभयो, ‘देशव्यापी रूपमा गएर हिंसा विरुद्ध सचेतना फैलाउँछौ र हिंसा रोक्न पहल गर्छौं । ’

कार्यक्रममा अन्य वक्ताले पनि भाषणमा भन्दा पनि कानूनको कार्यान्वयनमा जोड दिएर महिला हिंसा घटाउनुपर्नेमा जोड दिनुभयो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको पहलमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो ।

त्यसपछि, हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रूपमा मनाउँदै आएको हो ।