
काठमाडौं । सरकारले स्थानीय तहका १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १ हजार ६ सय १३ जना कर्मचारीको काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो ।
स्थानीय तहका कर्मचारीहरूको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको निर्णय गरिएको शाखा अधिकृत रविन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भइ नियुक्त भएका स्थानीय तहका कर्मचारीहरूलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । सरुवा भएर हिड्ने र जाने दुवै स्थानीय तहको सहमतिमा मात्रै काजको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्