
परासी । १८ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तोकेको छ ।
२ वर्षअघि जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामुहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सोमबारको इजलासले गरेको कैद सजायसँगै जनही १ लाख रूपैयाँ जरिवानास्वरूप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको बताइएको छ । घटनामा संलग्न १० मध्ये ९ जना घटना लगत्तै पक्राउ परेका थिए भने एक जना अझै फरार छन् ।
जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामुहिक बलात्कार गरेका थिए ।
घटनामा संलग्न भएर सजाय पाउनेमा सुस्ता गाउँपालिका–३ फेनरहवा र सेखवानी गाउँका हुन् । उनीहरू सबैको उमेर १९ देखि ४० वर्ष छ ।
प्रतिक्रिया दिनुहोस्