२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


ओलीको पार्टी समाप्त भइसक्यो : अध्यक्ष नेपाल


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ ।

सुनसरीको इटहरीमा मंगलबार आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको जिकिर गर्नुभयो ।

एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गइरहेको दाबी गर्दै उहाँले सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गर्नुभयो ।

अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरूको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबीसमेत गर्नुभयो ।