
काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने चेतावनी दिनुभएको छ ।
शंकर तिवारीद्वारा लिखित कसले सुधार्छ कांग्रेस ? पुस्तकको काठमाडौंमा विमोचन गर्दै उहाँले कांग्रेस नसुध्रिए समाप्त भएर जाने चेतावनी दिनुभयो । पार्टी सकिए पार्टीका नौ लाख कार्यकर्ताको भविष्य पनि समाप्त हुने बताउनुभयो ।
पार्टीका नौ लाख कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै रुख चिन्हमा मत नहालेका मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकता बोध गराउन सके मात्रै विजयी बन्ने उहाँको भनाइ थियो ।
थापाले यो महाधिवेशनपछि कांग्रेसको सदस्यता कहिल्यै नलिएका १५ लाख नयाँ मान्छेलाई पार्टीसँग जोड्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्