८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भाेलि बेलुकासम्म उम्मेदवार ताेक्छाैं : पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बेलुकासम्म संस्थापनइतर पक्षबाट एकजना साझा उमेदवार टुङ्गो लगाउने बताउनुभएको छ ।

साझा उम्मेदवार तय गर्न मंगलबार बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि नेता पौडेलले बुधबार बेलुकासम्ममा उम्मेदवार टुङ्ग्याउने दाबी गर्नुभयो ।

बैठकपछि उहाँले भन्नुभयो, ‘भोलि बेलुकासम्म हामीले साझा उमेदवार तोक्छौँ, सहमतिको निकै नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ ।’

साझा उम्मेदवार तय गर्न बुधबार बिहान फेरि बैठक बस्ने नेताहरूले बताएका छन् । संस्थापनइतर पक्षबाट सबै मिलेर साझा उम्मेदवार तय नगरि देउवालाई हराउन नसकिने निष्कर्ष यो समूहका नेताहरूले निकालेका छन् ।

पार्टीका महामन्त्रीसमेत रहेका सभापतिको दाबेदार नेता शंशाक कोइरालाले भने आफ्नो दाबी छाडेका छन् । बहालवाला सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै नेता कोइरालाले आफ्नो दाबी छाडेका हुन् ।