१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनको सीमा क्षेत्रमा सैन्य तनाव रोक्न रुसलाई अमेरिकाको चेतावनी


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनसँग सैन्य तनाव नबढाउन रुसलाई चेतावनी दिनुभएको छ । गएराती रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग भएको भर्चुअल वार्ताका क्रममा बाइडेनले युक्रेनको सीमा क्षेत्रमा सैन्य गतिविधि तत्काल बन्द गर्न भनेका हुन ।

पुटिनसँगको छलफलपछि जारी गरिएको प्रेस वक्तव्यमा ह्वाटहाउसले युक्रेनको सीमा क्षेत्रमा रुसले सैन्य गतिविधि बढाएको सन्दर्भमा अमेरिका र उसका युरोपेली साझेदारहरुको चासो राम्रोसँग व्यक्त गरिएको भन्दै आवश्यक परे आर्थिक र अन्य हिसावले कडा जवाफ दिने बताएको छ ।

पुटिनसँगको वार्ताका क्रममा राष्ट्रपति बाइडेनले युक्रेनको सार्वभौमिकता रक्षाको प्रतिवद्धता दोहो¥याएकाे पनि ह्वाइटहाउसले जनाएको छ । युक्रेनले आफ्नो सीमा नजिकै रुसले ९४ हजार सेना तैनाथ गरेको बताएको छ ।

उता, रुसले भने नाटो गठबन्धनले आफ्नो सीमा नजिक सैन्य गतिविधि बढाउने प्रयास गरिरहेकाले रुसले आफ्नो छिमेकमा नाटो विस्तार नहुने प्रत्याभूति खोजेको जवाफ दिएको छ ।

क्रेमलिनका प्रवक्ताले वक्तब्य जारी गर्दै कसैमाथि आक्रमण गर्ने रुसको योजना नरहेको भन्दै तर रुसका आफ्नै रेडलाइन रहेकाले त्यो उल्लंघन गर्न कसैलाई नदिने स्पष्ट पारेका छन् ।