
Web Pic
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१० कटुवामा मंगलबार बेलुकी स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको बा १ च ३९६१ नम्बरको स्करपियो जीपले सोही ठाउँका ६० वर्षीय राम बेलास चौधरीलाई बेलुकी ८ बजे ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
तौलिहवा स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा चौधरीको राति सवा ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्