
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्ने क्रममा घिमिरेले १४ वटा बुँदामा आफ्नो प्रतिवद्धता समेत सार्वजनिक गर्नुभएको छ ।
१४ बुँदामा कांग्रेसको क्रियाशील सदस्यता आधुनिकीकरण गर्दै “सबैका लागि कांग्रेस” भन्ने अभियान संचालन गर्ने,जातीय,सामाजिजक विभेद र अपराधका घटनालाई निरुत्साहित गर्न राजनीतिक अगुवाइ गर्ने उल्लेख छ । त्यसैगरी खुला अर्थनीति,लगानी मैत्री वातावरण, रोजगारीको सिर्जना, आधुनिक र वैज्ञानिक कर प्रणाली,उद्यमशीलता सहितको राजनीति लगायतका विषय पनि प्रतिवद्धता पत्रमा समेटिएका छन् ।
सो अवसरमा घिमिरेले आफू सधैँ पार्टीभित्र एकता र संस्थागत निर्णयको पक्षमा रहेको भन्दै उहाँले महाधिवेशनपछि गुटगत तिक्तता समाप्त हुनुपर्नेमा जोड दिनुभयो ।
को हुन् घिमिरे ?
घिमिरे नेपाली कांग्रेसमा बौद्धिक नेताका रुपमा चिनिुनुहुन्छ । २०३६ सालमा नेपाल विद्यार्थीसंघ मार्फत राजनीतिक यात्रा शुरु गर्नुभएका घिमिरे,विद्यार्थी जीवनमा आर आर क्याम्पस जनकपुर र ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियू सचिव बन्नु भएको थियो । उहाँ २०४६ सालदेखि भने विद्यार्थी राजनीति छोडेर कांग्रेसको राजनीतिमा लाग्नु भएको हो । घिमिरे २०४६ सालमा प्रजातन्त्र पुःन स्थापनाका लागि भएको जनआन्दोलनमा एरिया कमाण्डर हुनुहुन्थ्यो भने त्यसक्रममा जेल समेत पर्नुभएको थियो ।
उहाँ कांग्रेसको १२ औैं महाधिवेशनपछि तत्कालीन सभापति सुशिल कोइरालाको कार्यकालमा केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाको कार्यसमितिमा पनि केन्द्रीय सदस्य बन्नुभयो । यसैगरी कांग्रेसमा घिमिरेको लेखा समिति संयोजक,१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानविन समिति सदस्य,भातृ संगठन तथा विधान मापदण्ड मस्यौदा समिति सदस्य भएर काम गरेको अनुभव छ । यस अघि कांग्रेस केन्द्रीय सदस्यका रुपमा आफूले पाएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्दै आएकोले यसपटक महाधिवेशन प्रतिनिधिले आफ्नो मूल्यांकन गर्ने घिमिरेको भनाई छ ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्