
काठमाडौं । साविक विजेता इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिदा इटालियन क्लब युभेन्ट्स आफ्नो खेलमा जित निकालेर समूह ‘एच’ को विजेता बनेको छ ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा चेल्सी जेनिट सेन्ट पिटर्सवर्गसँग ३–३ को बराबरीमा रोकिएको हो ।
चेल्सीका लागि टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे । जेनिथका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले अंक बाँडेको हो ।
चेल्सी समूह उपविजेता बनेर नकआउट चरणमा पुग्यो । समूह एच को चेल्सीले ६ खेलमा १३ अंक जोडेको छ । जेनिथ ५ अंक जोडेर तेस्रोमा नै रह्यो ।
यसैगरी, बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मो एफएफलाई १–० ले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो । घरेलु मैदानमा युभेन्ट्सको जितमा मोइस किनले १८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै समूह विजेता बनेको युभेन्ट्सले ६ खेलबाट १५ अंक जोड्यो । माल्मो १ अंक जोडेर पुछारमा रह्यो ।
प्रतिक्रिया दिनुहोस्