
काठमाडौं । ब्राजिलीयन फुटबल हस्ती पेले फेरी अस्पताल भर्ना भएका छन् । गत सेप्टेम्बरमा कोलोन ट्युमरको उपचार गराएका पेले फेरी किमेथेरापीको लागि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिनमै डिस्चार्ज हुने शाओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालका प्रवक्ताले बताएका छन् ।
८१ वर्षिय पेलेको स्वास्थ्यमा पछिल्ला वर्षहरुमा लगातार समस्या देखिदै आएको छ । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो भने सन् २०१९ मा पिसावमा संक्रमण देखिएपछि उनी अस्पताल भर्ना हुनुपरेको थियो । पेले विश्व फुटबलका सर्वकालिन महान खेलाडी हुन् । उनले ब्राजिललाई तीन पटक विश्वकप फुटबल जिताएका थिए । उनले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्