
काठमाडौं । सनसिल्क नेपालले आयोजना गरेको सनसिल्क दशैं भाइब्समा तीन जना युवती विजेता बनेका छन् ।
बुधबार काठमाडौंको मेरियट होटलमा भएको ग्राण्ड फिनालेमा आशिना देउला, ललाना चिमरिया र प्रतिमा कार्की विजेता बनेका हुन् ।सनसिल्क दशैं भाइब कन्टेस्ट गत १४ सेप्टेम्बरदेखि २३ अक्टोबर २०२१ सम्म संचालन भएको थियो । दशैको अवसर पारेर सनसिल्क नेपालले यो डिजिटल कन्टेस्ट संचालन गरेको थियो । जसमा २८५४ जना सहभागी भएका थिए । ती मध्ये देउला,चिमरिया र कार्की विजेता घोषित भएका हुन् । उनीहरूले १ लाख रुपैयाँ नगद पुरस्कार पनि हात पारेका छन् ।
यो डिजिटल कन्टेस्टमा सहभागीहरुले आफ्ना दशैं भाइबको आकर्षक हेयर स्टाइलहरु देखाउनु पर्ने थियो । सहभागी मध्ये तीन जना विजेताहरुले चर्चित मोडलद्वय प्रिज्मा र प्रिन्सीका साथमा सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बन्ने र एक लाख रुपैयाँ नगद पुरस्कार जित्ने मौका थियो ।
सनसिल्क नेपालका अनुसार २३ अक्टोबर २०२१ मा यस कन्टेस्टको पहिलो चरण सकिएको थियो ।२८५४ जना सहभागीहरुमध्ये १५० जना दोस्रो चरणका लागि चयन भए र उनीहरुले अर्को एउटा भिडियो बनाए जसमा आफूलाई साधारणबाट सनसिल्क दामी लुकमा परिवर्तन गर्नुपर्ने थियो । यो कन्टेस्टले ठूलो सफलता पाएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्