
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको बताउनुभएको छ । कांग्रेस नेता डा. प्रकाशशरण महतको पुस्तक विमोचन कार्यक्रमलाई आज सम्बोधन गर्दै सभापति देउवाले सहमतिमै नेतृत्व चयनका लागि प्रयास भइरहेको बताउनु भएको हो ।
उहाँले प्रतिस्पर्धामा स्वभाविक रुपमा जितहार हुने भएपनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रतिस्पर्धालाई कटुताका रुपमा नलिन आग्रह गर्नुभयो । देउवाले कांग्रेसको महाधिवेशन पार्टीका लागि मात्रै नभएर नेपालकै प्रजातान्त्रिक भविस्यका लागि पनि अत्यन्तै महत्वपूर्ण हुनसक्ने बताउनुभयो ।
महाधिवेशनप्रति सबैको उत्साह रहेको भन्दै महाधिवेशन सफल पारेर पार्टीलाई बलियो बनाउँदै भोलिको आम चुनावमा पहिलो पार्टी बनाउने काममा लाग्न आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्