७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन अर्थमन्त्री शर्माको आग्रह


0
Shares

काठमाडौं । विषयगत ज्ञान, कार्यक्रमको प्रकृतिभन्दा पनि चर्चामा आउने लोभमा जथाभावी बोल्ने रोगबाट यो सरकारका मन्त्रीहरु पनि अछुतो रहन सकेका छैनन । दोब्बर राजश्व बढाउने देखि नेपालमै मोबाइल सेट बनाउने भाषण गर्दै आउनुभएका अर्थमन्त्री जनार्दन शर्माले बुधबार अर्को उट्पट्याङ थप्दै निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन आग्रह गर्नुभयो ।

अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई सल्लाह दिनुभयो । उहाँले विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यूनतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धता समेत जनाउनु भयो ।

अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन सक्ने अवस्था नरहेको भन्दै आयातलाई निरन्तरता दिदै अब स्वदेशमै सवारी साधन उत्पादनमा जोड दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताउनु भयो ।

दुई दिनसम्म चल्ने बार्षिक साधारणसभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ ।